Ad imageAd image

यो वर्षको दूर्वाष्टमी र गौरा पर्व आगामी भदौ ७ गते बिहीबार

खबर खुराक
खबर खुराक ५ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

५ साउन, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दूर्वाष्टमी र गौरा पर्व आगामी भदौ ७ गते बिहीबार पर्ने जनाएको छ।

विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा गौरा पर्व भदौ २१ गते मनाउनु पर्ने भनेर भ्रम सिर्जना गर्न खोजिएको भन्दै समितिले गौरा पर्व भदौ ७ गते नै पर्ने प्रष्ट पारेको हो।

समितिले आज विज्ञप्ति जारी गर्दै कुनै भ्रममा नपरी भदौ ७ गते गौरा पर्व मनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्