५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभाअन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा शर्माले अर्थ मन्त्रालय मातहतको भन्सार र गृहमन्त्रालय अन्तर्गतको प्रहरी बिमानस्थलमा रहेको अवस्थामा सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
पटक पटक सुन तस्कर भइरहने कुरा थाहा नपाउने अर्थमन्त्री डा. प्रकाशन शरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरे।
उनले यस प्रकरणमा पक्ष र विपक्षका साथै कुनै दलको कुरा नहुने भन्दै अनुसन्धानलाई सहयोग गर्न दुईमन्त्रीहरुले बाटो खुल्ला गर्नुपर्ने जिकिर गरे । प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा धन्यवाद दिँदै उनले प्रधानमन्त्रीले चालेको कदमलाई सहयोग गर्नुपर्ने बताए।
सुन प्रकरणको सत्यतथ्य छानविन गरि छिटोभन्दा छिटो निष्कर्ष सार्वजनिक गर्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस्