काठमाडौं । सामान्यतया कब्जियत भनेको दिसा राम्रोसँग नखुल्नु हो । वर्तमान समयमा कब्जियत सबैलाई हुने वा भइरहेको रोग हो । कब्जियत प्रायः सबै उमेरका मान्छेलाई हुन्छ । हाम्रो खानपान नमिल्दा हरेक मान्छेलाई कब्जियत हुन्छ । अझ भनौँ कब्जियत भनेको दिसा कडा हुनु वा लामो समयसम्म दिसा नलाग्नु र दिसा गर्न गाह्रो भएको अवस्था हो ।
हामीले आएको खाना सजिलै पचेर पेट खाली हुने गरी दिसा हुनुपर्छ । यदि दिसा नभई हाम्रो शरीरमा फोहोर भएको अवस्थालाई कब्जियत भएको मानिन्छ । कब्जियत हुँदा हामीले वास्ता गरेनौँ भने त्यसले शरीरमा ठूलो असर पर्न सक्छ ।
कसरी हुन्छ कब्जियत ?
कब्जियत हुनुको मुख्य कारण हाम्रो असन्तुलित खानपान र जीवनशैली नै हो । कब्जियत हुनुका मुख्य कारणहरु ः
ठीक समयमा खाना नखानु, मैदाबाट बनेका खानेकुरा बढी खानु, चिल्लो, पिरो, मसलेदार, तारेको खानेकुरा खानु, पानीको कमी, कसरत नगर्नु, फलफूल तथा सागपात नखानु, निद्रा नलाग्नु, चिया, कफी र कोल्ड ड्रिङ्क्स बढी खानु, चिन्ता, तनाव, दिसा रोक्नु, ढिलो सुत्ने र ढिलो उठ्ने मान्छेलाई कब्जियत हुन्छ । अझ भन्नुपर्दा सन्तुलन नमिलाई धेरै तथा थोरै खाना खाँदा पनि कब्जियत हुन्छ ।
बच्ने उपाय
कब्जियत सबैको साझा रोग हो । यो हरेक उमेर समुहका मान्छेलाई हुन्छ । हाम्रो दैनिक खानापान नमिल्दा कब्जियत भइरकेको छ । हामीले आम्रो खानपानमा थोरै मात्र ध्यान दिने हो भने कब्जियत रोक्न सक्छौँ ।
हरियो सागपात तथा फलफूल दैनिक रुपमा खाने, दैनिक तीन लिटर पानी पिउने, चिल्लो, पिरो, तारेको, भुटेको र मसलेदार खाना नखाने, चोकरयुक्त आटाको प्रयोग गर्ने, खानापछि सलादको प्रयोग गर्ने, दैनिक शारीरिक व्यायाम गर्ने मान्छेलाई नब्बे प्रतिशत कब्जियत हुने सम्भावना कम हुन्छ ।
कब्जियतका लक्षणहरु
दैनिक दिसा नलाग्नु, दिसामा रगत देखा पर्नु, दिसा गर्न अप्ठ्यारो हुनु, भोक नलाग्नु, निद्रा नलाग्नु, ग्यास्ट्रिक, अल्सर हुनु, पेट फुल्नु, वाकवाकी लाग्नु, पे्रसर बढ्नु, आन्द्रामा घाउ हुनु, छाती पोल्नु, बेहोस हुनु, दिसामा रगत देखा पर्नु आदि कब्जियतका लक्षणहरु हुन् । तर कहिलेकाहीँ आन्द्रामा घाउ भएको अवस्थामा पनि दिसा गर्दा रगत देखिनसक्छ । त्यस्तै, पायल्स हुने मुख्य कारण भनेकै कब्जियत हो ।
कब्जियतको लागि आयुर्वेदिक औषधि
हरेक उमेर समूहका मान्छेलाई लाग्ने विभिन्न रोगमध्ये कब्जियत पनि एक रोग हो । हामीले हाम्रो दैनिक खानपानमा ध्यान पुर्याएनौँ भने हामीलाई कब्जियत हुन्छ, कब्जियत भइसकेपछि पनि खानापानमा ध्यान दियौँ भने हामी कब्जियत हटाउन सक्छौँ । त्रिफला चूर्ण, पञ्चशकार चूर्ण, रेची, मृद्ध विरेचनलगायतका आयुर्वेदिक औषधि समेत प्रयोग गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्