Ad imageAd image

उदयपुरमा युवायुवतीलाई सिपसँगै प्रविधि सहयोग

खबर खुराक
खबर खुराक ५ श्रावण २०८०, शुक्रबार
2 Min Read
Aa

५ साउन, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाका युवायुवतीलाई सिपसँगै प्रविधि उपलब्ध गराइएको छ। सिप सिकेर स्वदेशमै केही गर्ने अठोट बोकेका ३३ जना युवायुवतीलाई सिपमुलक तालिम र प्रविधि उपलब्ध गराएको हो।

एक्सपर्ट टेक्निकल कलेज नेपालको सहजीकरणमा रोजगारसँग जोडिने गरी ३९० घण्टाको लेवल वान सिलाई कटाई र प्लम्बिङ तालिम दिई प्रविधि उपलब्ध गराइएको हो। तालिममा सिलाईकटाईतर्फ २२ र प्लम्बिङ्गतर्फ ११ जनाको उपस्थिति रहेको सहजकर्ता महन्थ ठकुरीले बताए।

वर्ल्ड भिजन इन्टरनेशन नेपालसँगको सहकार्यमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले तालिम उपलब्ध गराएको हो।

सिकेको सिपलाई व्यवहारमा उतार्न सिलाई कटाईतर्फ २२ हजार ७९९ मूल्यको सात प्रकारका र प्लम्बिङतर्फ २१ हजार १४० मुल्य बराबरको १४ प्रकारका गरी ८ लाख २२ हजार ११८ रुपैयाँको प्रविधि उपलब्ध गराएको अध्यक्ष शंकरबहादुर थापाले बताए।

- Advertisement -
Ad image

उनले भने, ‘प्रविधि नदिने हो भने यतिका लगानी र मेहनत खेर जाने सम्भावना देखियो त्यसैले उनीहरूलाई व्यावसायिक र रोजगारसँग जोडिन सामग्री दिएका हौं, आशा छ यसले उपलब्धि हासिल गर्ने छ।’ उनीहरूलाई सिलाई कटाई मेसिन, कैची, टेप, आइरन, इन्टरलक, ओभरलक मेसिन, हथौडा, लगायतका प्रविधि हस्तान्तरण गरिएको अध्यक्ष थापाले बताए।

तालिमको समापनमा वडा ३ का वडाध्यक्ष रङ्गमान तामाङले सिपसँग श्रम, रोजगार र आर्थिक पक्ष जोडिने भएकाले यसलाई व्यवहारमा उतार्न आग्रह गरे। त्यस्तै वडानं १ का वडाध्यक्ष उद्धव हमालले सिकेको सिपलाई व्यवहारमा उतार्नका लागि प्रविधिसमेत संस्थाले उपलब्ध गराएको हुँदा कोठाभित्र थुनेर राख्नुभन्दा गरिखाने माध्यमकोरुपमा लैजान आग्रह गरे।

प्राविधिकतर्फ सहयोग पुर्‍याउँदै आएको एक्सपर्ट कलेजका निर्देशक हेमराज दाहालले अधिकांसले सिप सिकेपछि दराज वा सिरानीमा थन्काउने गरेकाले नेपालमा बेरोजगारको संख्या बढ्दै गएको बताए।

प्रतिक्रिया दिनुहोस्