Ad imageAd image

प्रकाश सपुतको नयाँ गित ‘दमाई महाराज’ सार्वजनिक (भिडियो सहित)

खबर खुराक
खबर खुराक ५ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

५ साउन, काठमाडौं । ‘दमाई महाराज’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गीतको पोस्टरमा सपूत शिवजीको अवतारमा देखिएका छन् ।

घाँटीमा र हातमा रुद्राक्षको माला लगाएका सपूत गेरु वस्त्रमा देखिएका छन् भने कपाल लामो पालेका छन् । २०८० लाई जातीय विभेद विरुद्धको वर्षको रूपमा मनाउने घोषणा गरेका सपूतको यस वर्षको पहिलो गीत हो ।

फेसबुकमा पोस्टर सार्वजनिक गर्दै सपूतले लेखेका छन्, ‘विश्वास छ, यो गीतले हाम्रो मन भुलाउन सहयोग गर्नेछ । र विश्वास यो पनि छ, यो भिडियोले हाम्रो विभेदकारी अन्धविश्वास लाई चिर्न सहयोग गर्ने छ ।’

- Advertisement -
Ad image

‘दमाई महाराज’मा सपूतकै शब्द तथा संगीत रहेको छ भने स्वरमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । म्युजिक भिडियोको निर्देशन पनि सपूतकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्