Ad imageAd image

पाल्पामा माछामार्ने जालमा फसेर डुब्दा एकजनाको मृत्यु

खबर खुराक
खबर खुराक ६ श्रावण २०८०, शनिबार
1 Min Read
Aa
साङकेतिक

६ साउन, पाल्पा । पाल्पामा माछामार्ने जालमा फसेर डुब्दा एकजनाको मृत्यु भएको छ

रम्भा गाउँपालिकावडा नम्बर –२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाडेमगरको कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा मृत्यु भएको हो ।

फोक्सिङकोटको छाप गाउँमा बस्दै आएका पाडेमगरको घरदेखि एक किलोमिटर टाढाको नदीमा माछा मार्न गएका बेला डुबेर मृत्यु भएको प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।

प्रहरी चौकी हुगी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोली खटिएर अनुसन्धान सुरु गरेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्