७ साउन, बाजुरा । नेपाली काँग्रेस बडिमालिका नगर कार्य समितिले विपीको स्मृतिमा वृक्षारोपण गरेको छ । शनिबार नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नगरकार्य समितिले नेपाली काँग्रेस बाजुराको परिसरमा वृक्षारोपण गरेको सभापति गोपाल कार्कीले बताए ।
नगरकार्य समितिले पार्टी कार्यालय तथा विपी स्मृती भवनमा विपिको फोटोमा अविर माल्यार्पण सहित विपी स्मृती भवनको परिसर भित्र वृक्षारोपण पनि गरेको हो ।
कार्यक्रममा बोल्दै नेताहरुले विपीको आर्दश र मार्गदर्शनलाई नेतृत्वले अनुसरण गर्न नसकेको गुनासो गरे । विपीको संघर्ष, योगदान र आदर्श चरित्रबारे पार्टीले नयाँ पुस्तालाई जानकारी दिन नसकेको भन्दै उनीहरुले त्यसतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
नेपाली काँग्रेस बाजुराका निवर्तमान पार्टी सभापति कविराज पण्डितले विपी दर्शन र उनको प्रजातान्त्रिक समाजवादलाई नर्बिसेको बताए । उनले विपीको आर्दशको धरातल, नैतिकता तथा त्याग र तपस्याको अवस्था अहिले नरहेको भए पनि पार्टी सिद्धान्तबाट विचलित नहुने स्पष्ट पारे । उनले सामूहिक नेतृत्व भन्दा व्यक्तिवादी नेतृत्व र चरित्रको हावीले पार्टीलाई आक्रान्त पारेको भने स्वीकार गरे ।
विपीका विचारधारालाई नया पुस्तामा पुर्याउने दाहित्व नेपाली कांग्रेसको रहेकाले जनताको माझ लैजान जनसमक्ष लैजान संकल्प गर्नुपर्ने बताए । कार्यक्रममा उपसभापती पदम बडुवाल,निवर्तमान पार्टी सभापती कविराज पण्डित,काँग्रेस बडिमालिका नगर सभापती गोपाल कार्की लगायत जिल्ला कार्यसमिती पदाधिकारी,भातृ संगठनका पदाधिकारी ,सुभेच्छुक सस्थाका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।
मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि आजिवन संघर्ष गरेका आफ्ना संस्थापक नेता विपी कोइरालाको २०३९ साल साउन ६ गते निधन भएकाले नेपाली कांग्रेसले वर्षेनि साउन ६ गतेको दिनलाई विपी स्मृति दिवसको रुपमा मनाउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्