Ad imageAd image

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पाल्पाको रम्भादेवी मन्दिर

खबर खुराक
खबर खुराक ७ श्रावण २०८०, आईतवार
3 Min Read
Aa

७ साउन, पाल्पा । पुर्बी पाल्पाको ताहूमा रहेको रम्भादेवीको ऐतिहासिक महत्व भएको धार्मीक पर्यटकिय स्थल हो । मगर जातीहरुको वाहुल्यता रहेको पुर्वी पाल्पामा रम्भादेवी सवै जाती जनजातीहरुको आस्थाको केन्द्रबिन्दु पनि हो ।

पाल्पा जिल्लाकै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्थल हो रम्भादेवी मन्दिर । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका  १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरु मा पाल्पा जिल्लाको रम्भादेवी मन्दिरलाई छनोट गरेको थियो ।

धार्मिक तथा सांस्कृतिक महत्व

प्रसिद्ध रम्भादेवी क्षेत्रलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न स्थानीय बासिन्दाले सक्रियता देखाएका छन् । स्थानीयको सक्रियतामा धार्मिक आस्थाको केन्द्र रम्भादेवी क्षेत्रमा पर्यटकीय पूर्वाधारको काम सुरु भएको छ ।

- Advertisement -
Ad image

तानसेनबाट ३० किलोमिटर रम्भा ५ ताँहुमा पर्ने रम्भादेवी यस क्षेत्रकै धार्मिक पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु भएको छ । रम्भादेवीमा वाह्य पर्यटकहरु कमै पुग्ने भएपनि ग्रामीण पर्यटकहरुको लागि गन्तब्य भएको छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

रम्भादेवी मन्दिर भगवान राम सिता ऋषिमुनीहरुसंग पनि जोडिएको छ । ऐतिहासिक रुपले महत्व राख्ने पाल्पाली सेनवंशिय राजाहरुले राज्य गरेको ठाउ, नेपाल एकिकरण अभियानको क्रममा गोर्खाली फौज र पाल्पाली फैज बीच युद्ध भएको बाकुमगढी र ऋषिहरुले तपस्या गरेको पवित्र तपोभुमी रिमिघालेक यसै क्षेत्रमा पर्दछ ।

प्राकृतिक सौन्दर्य

रम्भादेवीको वन जंगल प्राकृतिक रुपले रमणिय छ । सामुन्द्रिक सतह देखि रम्भादेवी चार हजार दुईसय फिट उचाईमा पर्दछ । तीर्थाटन पर्यटकहरुको लागि गन्तब्य बनेको रम्भादेवी मन्दिर र आसपासका क्षेत्र धार्मिक हिसाबले मात्र नभई सास्कृतिक, सामुदायिक वन, पर्यटन विकास र जैविक विविधताले समेत ग्रामीण पर्यटकहरुका लागि महत्वपूर्ण स्थल मानिन्छ ।

पर्यटकीय महत्व

पाल्पाको रामपुरमा रहेको तालपोखरा र रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर पर्यटकीय गन्तव्यको सूचीमा परेको छ । सरकारले ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रम अन्र्तगत रामपुर नगरपालिकाको तालपोखरा र रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर परेका छन् ।

पर्यटकीय सम्भावना

सरकारले हालैमात्र १०० पर्यटकीय क्षेत्र अन्तर्गत तालपोखरा रम्भादेवी मन्दिर पर्यटन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेपछि रामपुरवासीमा उत्साह बढेको छ । यस्तै रम्भा गाउँपालिकामा पर्ने रम्भादेवी मन्दिरलाई पनि सरकारले पर्यटकीय क्षेत्रको सूचीमा राखेसँगै रम्भा गाउँपालिकाका स्थानीयले गाउँपालिकामा विकासको गति लिने आशा गरेका छन् । यसअघि नै सरकारले पाल्पाकै ऐतिहासिक, पर्यटकीय रानीमहल दरबार र श्रीनगर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा राखेको छ । अहिले यी क्षेत्रलाई पनि सरकारले प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रको सूचीमा राखेको छ ।

 रम्भादेवी मन्दिर

प्रतिक्रिया दिनुहोस्