Ad imageAd image

हुम्लामा सडककाे माथिबाट खसेकाे ढुङ्गा लागेर एक जनाको मृत्यु

खबर खुराक
खबर खुराक ७ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

७ साउन, हुम्ला ।  सिमकोट गाउँपालिका-७ को चौगानफयाबाट च्याछरा पुग्ने सडककाे माथिबाट खसेकाे ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौगानफया गाउँका करिब ३६ वर्षीय बाग्मल शाही रहेकाे प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयाे ।

मृतक शाही आफ्नै दाइ राजेन्द्र शाहीसँग चीनको ताक्लाकोटतर्फ जाने क्रममा ढुङ्गा लागेकाे उहाँले बताउनुभयाे ।

यस्तै, जिल्लाबाट घटनास्थलतर्फ प्रहरी निरीक्षकको नेतृत्वमा एक प्रहरीको टोली पठाइएको प्रहरीले जनाएको छ । हिल्सा नाका सञ्चालनमा आएसँगै हुम्लावासी कामको लागि दैनिक चीनको ताक्लाकोट जाने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्