८ साउन, काठमाडौं । मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्रकृतिक अङ्ग हो। यो हरपल चलिरहन्छ। छाती भित्र धडकिरहने यो सानो अङ्गले शिर देखि पैतालासम्म प्रभाव पारी राखेको हुन्छ। हामीलाई मुटुरोग लागे नलागेको कसरी पत्ता लगाउन सकिन्छ।
मुटु रोगको समयमै रोकथाम तथा नियन्त्रणका लागि नियमित जाँचको साथै उचित शारीरिक तौल, नियमित व्यायाम तथा सन्तुलित भोजनको आवश्यकता पर्छ । मुटुको रोग लाग्नुको कारण अन्य समस्याको साथसाथै खानासम्वन्धी समस्यालाई पनि प्रमुख रुपमा लिन सकिन्छ ।
मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरु पनि हुन्छन्। मुटुरोगका अनगिन्ती लक्षणहरु मध्ये सबैले थाहा पाइराख्नुपर्ने १२ मुटुरोगका लक्षण यस्ता छन् ।
१. छातीको बिचको भाग दुख्नु
२. दम बढ्नु
३. खुट्टाहरु सुन्निनु
४. घाटीँको रक्तनली फुल्नु
५.ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु
६. औंलाका टुप्पा बाक्ला , चाक्ला हुनु
७. टाउको दुख्ने र चक्कर लाग्नु
८. मुटुको धड्कन रोकिने वा छिटो चल्नु
९. कफमा रगत देखा पर्नु
१०. जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउनु
११. हात, खुट्टा, ओठ आदि झट्का दिदै अनियन्त्रितरुपमा चल्नु
१२. छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु
कस्तो खाने ?
कुल क्यालोरीको ५५ देखि ६५ प्रतिशत कार्वोहाइड्रेटयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ । कार्वोहाइड्रेट जटिल किसिमका खाद्यपदार्थबाट प्राप्त भएमा राम्रो मानिन्छ । कुल क्यालोरीको करिव १५ देखि २० प्रतिशत क्यालोरी प्रोटिनयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ ।
चिल्लो कम गर्नका लागि कम चिल्लोयुक्त दूध, बोसो नभएको सेतो मासु, अण्डाको सेतो भाग आदिलाई खानामा समावेश गर्न सकिन्छ । मुटुरोग लाग्न नदिन कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ । मुटु रोगको जोखिम छ भने कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ ।
एक ग्राम तेलबाट ९ क्यालोरी शक्ति पाइने भएकाले तौल बढ्ने संभावना भएकाले कम मात्रामा तेलको प्रयोग गर्नुपर्छ । तसर्र्थ कम तेलमा पकाउने विधिहरू वफाउने, उसिन्ने पनि प्रयोग गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्