Ad imageAd image

रुकुममा एक बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

खबर खुराक
खबर खुराक १० श्रावण २०८०, बुधबार
1 Min Read
Aa

१० साउन, रुकुम । रुकुम पश्चिममा एक बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको चौरजहारी नगरपालिकाकी एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका दुई जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु कुमार श्रेष्ठका अनुसार जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ११ का दुई जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको नियन्त्रणमा रहेका आरोपीहरू एक जना १३ वर्षको र एक जना १४ वर्षको रहेका छन् ।

प्रहरीले कानुनी विवादमा परेका दुवै जनालाई बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार गत असार २७ गते जङ्गलमा दाउरा लिन गएकी बालिकालाई भेरी नदिमा पौडी खेल्न जाजरकोटबाट समूहमा आएकाहरूले जबरजस्ती करणी गरेको भनेर असार ३१ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा किटानी जाहेरी परेको थियो ।

सोही जाहेरीको आधारमा प्रहरीले जबरजस्ती करणी मुद्दा शीर्षकमा मुद्दा दर्ता गरेर असार ५ गते दुवै बालकलाई नियन्त्रणमा लिएको हो । पीडित बालिकाका आफन्तहरूले दुई जना बालकको मात्र पहिचान भएकोले उनीहरूको नाममा किटानी जाहेरी दिएतापनि अरू पनि घटनामा संलग्न रहेको बताएका छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्