Ad imageAd image

दाङमा मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु

खबर खुराक
खबर खुराक ११ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

११ साउन, दाङ । दाङ देउखुरीमा बुधबार राती करिब ९ बजेको समयमा मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ गईरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिंदा सोही ठाउँ निवासी अन्दाजी ४०र४२ वर्षका सन्तु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिएका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

ठक्कर दिने मोटरसाइकल भने वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्