Ad imageAd image

अविरल वर्षाका कारण गुल्मीमा घर भत्किदा तीन जना घाइते

खबर खुराक
खबर खुराक ११ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

११ साउन, गुल्मी ।  अबिरल वर्षाका कारण बुधबार बिहान करिब १०:४५ बजेको समयमा जिल्लाको मदाने गाउँपालिका-२, भेडिखोर निवासी मुक्तबहादुर घर्तीको घर भत्किदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटनामा परी ९ वर्षीय हिक्मत घर्ती, १२ वर्षीया करिस्मा घर्ती र स्थानीय देउवा परियारका १० वर्षीय छोरा अम्मर परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

घाइतेको मदाने सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र घटना बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्