११ साउन, काठमाडौं । गृहमन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी प्रतिकार्य महाशाखाका अनुसार बाढी-पहिरोबाट यस वर्ष ३१ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता र ३४ जना घाइते भएका छन । बाढी-पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ। गत असार पहिलो साता आएको बाढीबाट त्यहाँ ४ जनाको मृत्यु भएको थियो भने भने १८ जना अझै बेपत्ता छन्।
९५ वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् भने १८४ घरमा आंशिक क्षति पुगेको छ।ताप्लेजुङको पहिरामा ३ जनाको मृत्यु भएको तथ्यांक छ। त्यहाँ ३ जना अझै बेपत्ता छन्।पाँचथरको बाढीमा पनि ३ जनाको मृत्यु भएको थियो भनेर ३ जना अझै भेटिएका छैनन्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणले यस वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण गरेको थियो। २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने उसको आकलन छ।
प्रतिक्रिया दिनुहोस्