११ साउन, सिक्किम । भारतको सिक्किममा महिला कर्मचारीले १ वर्ष प्रसुति विदा पाउने भएका छन् ।मुख्यमन्त्री प्रेमसिंह तामाङले बुधबार सरकारले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा घोषणा गरेका हुन्।
सिक्किमको स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसनको वार्षिक बैठकमा सम्बोधन गर्दै मख्यमन्त्री तामाङले यस्तो घोषणा गरेका हुन्। श्रीमती सुत्केरी भएका पुरूष कर्मचारीले पनि एक महिना बिदा पाउने छन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङ भन्छन, ‘यो संशोधनबाट सरकारी कर्मचारीलाई आफ्ना बच्चा र परिवारको राम्रो हेरचाह गर्न मद्दत पुग्नेछ ।
मातृत्व लाभ अधिनियम १९६१ अनुसार महिला कर्मचारीले ६ महिना प्रसूति बिदा पाउँछन्।
प्रतिक्रिया दिनुहोस्