११ साउन, बुटवल । केही दिन यता भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेको छ ।अधिकारीहरुका अनुसार साउनको पहिलो साता देखि शुरु भएको पछिल्लो समस्या समाधानका लागि नेपालको तर्फबाट कुटनीतिक प्रयास पनि गरिंदै आएको छ।
यसबिचमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय तथा नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह सहित दुवै देशका सुरक्षा निकायका प्रमुखहरुबीच गत साता छलफल समेत भएको बताइन्छ।
उक्त छलफलपछि तीन चार दिन केही सहज देखिएको सो नाकामा गएको बुधबारदेखि फेरि उस्तै गरी कडाइ गरिएको छ।
त्यतिखेर शुरुमा जताततैको नाकामा निकै कडाइ भएपनि पछि सुनौलीमा चाहिं केही खुकुलो गरिएको थियो।
व्यापारको हिसाबमा सुनौली, वीरगञ्जपछि दोस्रो महत्वपूर्ण सीमा नाका हो। नाकाबन्दीले वीरगञ्ज सबभन्दा प्रभावित भएपछि सुनौलीमा आयातनिर्यात परिमाण बढिरहेको बताइएको थियो।
प्रतिक्रिया दिनुहोस्