१२ साउन, काठमाडौं । आज नेपाली फिल्म हलमा दुई विदेशी फिल्म प्रदर्शनमा ल्याइएको छ, आज कुनै पनि नेपालि फिल्म हलमा प्रदर्शनमा नआएपछि विदेशी २ फिल्म नेपालि फिल्म हलमा प्रदर्शनमा ल्याइएको हो ।
बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ मा रणवीरलाई सामान्य परिवार छोरा र आलियालाई राज परिवारकी छोरीको रूपमा प्रस्तुत गरिएको छ। फिल्ममा रकी र रानीको प्रेम जीवनमा आउने उतार-चढाबलाई देखाइनेछ।
हिरोयश जोहर, करण जोहर र अपूर्भा मेहताको लगानी रहेको फिल्मको कथा इशिता मौत्रा, शशांक खेतान र सुमित रायले मिलेर लेखेका हुन्।
हलिउड फिल्म ‘टक टु मि’ मा सोफी वाइल्ड, जो बर्ड, अलेक्जेन्ड्रा जेन्सेन, ओटिस धनजीलगायत कलाकारको अभिनय छ। फिल्मलाई ड्यानी फिलिप र माइकल फिलिपले निर्देशन गरेका हुन्।
यो हरर थ्रिलर जनराको फिल्म हो।
प्रतिक्रिया दिनुहोस्