Ad imageAd image

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खबर खुराक
खबर खुराक १२ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

१२ साउन, खोटाङ। खोटाङमा ट्याक्टर दुर्घटना हुँदा खोटेहाङ गाउँपालिका का २९ वर्षीय पवन तामाङको मृत्यु भएको हो ।

खोटाङ बजारबाट रसुवातर्फ जाँदै गरेको ना ६ त २४६६ नम्बरको ट्याक्टर इन्द्रेणी पोखरीस्थित नेर्लामा बिहीबार दिउँसो करिब सवा १ बजे दुर्घटना भएको थियो । सडकबाट करिब ५० मिटर तल खसेको ट्याक्टरका चालक तामाङ गम्भीर घाइते भएका थिए । उपचारका लागि धरान लाने क्रममा तामाङको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ । उदयपुरको साउनेमा पुगेपछि राति ८ः३० बजे मृत्यु भएका ट्याक्टर चालक तामाङको पोस्टमार्टमका लागि इन्द्रेणी पोखरी ल्याइएको प्रहरीको भनाइ छ ।

खोटाङ बजारमा पानी बोक्ने ट्याङ्की छाडेर पछाडिको डाला बिना ट्याक्टरको अगाडिको भाग मात्रै फर्किएको बेला दुर्घटना भएको हो । ट्याक्टरमा चालक तामाङ मात्रै सवार रहेको इलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्