१२ साउन, नयाँ दिल्ली । नयाँ दिल्लीबाट मुम्बईका लागी उडेको जहाज भित्र एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप पटनाका रोहित श्रीवास्तव लाई प्रहरी ले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुका मानिसहरुले जानकारी दिए ।
आरोपित पेशाले प्रोफेसर हुन् । महिला भने २४ वर्षीया डाक्टर रहेको सञ्चारमाध्यमले लेखेका छन् । यो घटना इन्डिगो एयरलाइन्समा २६ जुलाइका दिन भएको हो ।
महिला यात्रुको उजुरीपछि प्रहरीले ती प्रोफेसरलाई पक्राउ गरेको बताइएको छ । समाचार अनुसार दुवै यात्रु आसपासको सिटमा थिए । जहाज साढे ५ बजे साँझ उडेको थियो ।
अनलाइनखबरबाट ।।
प्रतिक्रिया दिनुहोस्