१२ साउन,काठमाडौँ । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । यसअघि एमाले नेतृत्वको सरकार ढालिएपछि गठबन्धनको आडमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री गत असार २१ गते मुख्यमन्त्री बनेका थिए । तर सभामुखको समेत समर्थनमा उनी मुख्यमन्त्री बनेकाले सर्वोच्च अदालतद्वारा उक्त नियुक्ति बदर गरेपछि नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न भनिएको हो
उनले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।
‘“जुन विन्दूबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउन मनासिब हुने देखिएको हुँदा मिति २०८०।४।१७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नू” भन्ने परमादेश जारी भएकोले सोही आधारमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मिति २०८०।४।१६ गते मंगलबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले आह्वान गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्