Ad imageAd image

तानसेन नारायणस्थानमा रहेको अमर नारायण मन्दिरका पुजारी माथि हातपात

खबर खुराक
खबर खुराक १२ श्रावण २०८०, शुक्रबार
2 Min Read
Aa

१२ साउन, तानसेन । तानसेन नगरपालिका–२ नारायणस्थानमा रहेको अमर नारायण मन्दिरका पुजारी माथि हातपात भएको छ । मन्दिरमा गएका एक युवकले पुजारी ५० वर्षीय फडिन्द्र लम्सालमाथि हातपात गरेका हुन् । बुधबार विहान तानसेन –१ गैरगाउँका २८ वर्षीय शिशिर बराइलीले मुख्य मन्दिर भित्र जवरजस्ती प्रवेश गर्न खोज्दा रोक्ने क्रममा पुुजारी लम्साललाई हातपात गरेका थिए । मन्दिर व्यवस्थापन समितिले मूख्य मन्दिरभित्र पुजारी बाहेक कोही पनि जान नपाउने व्यवस्था गरेको छ ।

ति युवक भने जवरजस्ती मन्दिरभित्र प्रवेश गर्न खोज्दा पुजारीले रोकेका थिए । रोक्न खोज्दा खोज्दै युवकले आफुुमाथि हातपात गरेको पुजारी लम्सालले बताए । उनले भने ‘मुुख्य मन्दिर भित्र पुजारी बाहेक कोही पनि जान नपाउने नियम छ, ति युवक आएर जवरजस्ती मन्दिर भित्र प्रवेश गर्न खोज्दा मैले जान मिल्दैन बाहिरैबाट दर्शन गर्नुहोस् भनेर सम्झाउने काम गरे तर उहाँले म माथि एक्कासी आक्रमण गर्नु भयो ।’ पुजारीलाई हातपात गरी युवक मन्दिरभित्र प्रवेश गरेका थिए । पुजारी लम्सालले भने ‘मलाई हातपात गरेपछि मैले उहाँलाई मन्दिरभित्रै थुनेर प्रहरीलाई खबर गरेको हुँ ।’ हातपात गर्दा पुजारी लम्सालका दुई वटा दात हल्लिएका छन् । ति युवक रक्सी खाएको र मानसिक सन्तुलन समेत गुमेको जस्तो देखिएको पुुजारीले बताए ।

हातपात गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।

धार्मिक स्थल जस्तो पवित्र स्थानमा आएर पुजारीमाथि हातपात गर्नु दुखद् भएको हिन्दु महासंघ पाल्पाका सल्लाहकार तथा लुम्बिनी प्रदेश सदस्य धर्मचन्द्र नेपालले बताए । ति युवक साउन ५ गते पनि मन्दिरभित्र प्रवेश गर्न खोजेको पुजारी लम्सालले बताए । छोरामाथि पनि युवकले हातपात गरेको उनले बताए । मन्दिरमा आउने भक्तजन, मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुलाई समेत टाउँकोमा हान्दै आर्शिवाद दिन आग्रह गर्ने गरेको बताइएको छ । पुजारी लम्सालले गत वर्षको जेठदेखि मन्दिरमा पुुजाआजा गर्दै आएका हुन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्