Ad imageAd image

थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ पुग्यो

खबर खुराक
खबर खुराक १२ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

१२ साउन, काठमाडौं । थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठाेकर तामाङ र काभ्रे  घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।

थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको थियो।

गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको डिएसपी अधिकारीले बताए।

- Advertisement -
Ad image

गाडी के कारणले दुर्घटना भएकाे हाे भन्ने विषय खुलेकाे छैन। गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर क्षतविक्षत भएकाे छ। घटनास्थलमा पानीघाटमा रहेकाे सेनाकाे टाेली समेत पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्