Ad imageAd image

विशेषज्ञ डाक्टरहरूको लाइसेन्स परीक्षामा ५२ प्रतिशत चिकित्सक फेल

खबर खुराक
खबर खुराक १२ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

१२ साउन, काठमाडौं । विशेषज्ञ डाक्टरहरुको लाइसेन्स परीक्षा (विशेष परीक्षा) मा जम्मा ४८ प्रतिशत पास भएका छन् । नेपाल मेडिकल काउन्सिलले आज लिएको परीक्षामा ५२ प्रतिशत डाक्टर फेल भएका छन् ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षा दिनका लागि कुल २१२ जनाले फारम भरेका थिए । आजको परीक्षामा भने कुल २०९ जनाले मात्रै सहभागिता जनाएका थिए ।

त्यसमध्ये पास संख्या १०१ अर्थात ४८.३३ प्रतिशत रहेको छ । परीक्षा दिएकामध्ये १०३ जना अर्थात ५१.६७ प्रतिशत डाक्टर फेल भएका छन् ।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ संस्थानको हलमा भएको परीक्षा आज दिउसो २ देखि ४ बजेसम्म चलेको थियो । परीक्षामा विभिन्न ३४ विषयका विशेषज्ञ डाक्टरहरुले सहभागी थिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्