Ad imageAd image

प्रकोपको रूप लिँदै डेंगी, तीन दिनमा ७८१ जना डेंगी संक्रमित

खबर खुराक
खबर खुराक १५ श्रावण २०८०, सोमबार
3 Min Read
Aa

१५ साउन, काठमाडौं । पछिल्लो समयमा नेपालमा तीन दिनमा ७८१ जना डेंगी संक्रमित थपिएका छन् । ईडीसीडीमा भने हालसम्म चारजनाको मात्रै मृत्यु भएको तथ्यांक छ । सुनसरी, धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या एक सयभन्दा माथि छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा जँचाउन जानेमध्ये साउनयता १७ सय ३० जनामा डेंगु संक्रमण पुष्टि भएको छ। त्यसमध्ये १ सय ६९ जनाले त अस्पताल भर्ना भएर नै उपचार गर्नुपर्‍यो। केही निको भए, केही अझै उपचारत छन्। अस्पतालकी निर्देशक डा. मनीषा रावल साउन महिना लागेदेखि डेंगुका संक्रमित बढेको बताउँछिन्। भन्छिन, ‘संक्रमितको संख्या बढेपछि स्क्रिनिङ गर्नका लागि इमरजेन्सी कक्ष बाहिर डेंगु क्लिनिक नै सञ्चालन गर्नुपर्‍यो। अहिलेसम्म त उपचार व्यवस्थापन गरिरहेका छौं। यहीं दरले संक्रमण बढ्यो भने परीक्षण र उपचारमा चुनौती थपिन्छ।’

अस्पतालमा जँचाउन पुग्नेका कारण प्रयोगशालामा परीक्षण गराउनेको चाप बढ्दो छ। दैनिक औसत ३ सयदेखि ४ सय व्यक्तिको परीक्षण गरिरहेको डा. रावल बताउँछिन्। जसमध्ये डेढ सयभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भइरहेको छ।

अहिले अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा ५ जनाको उपचार भइरहेको छ। वार्ड, क्याबिन, इमरजेन्सीसहित ३९ जना डेंगु संक्रमितको उपचार भइरहेको डा. रावलले बताइन्। शुक्रराज अस्पताल मात्रै नभएर मुलुकका सरकारी, सामुदायिक एवं निजी अस्पतालमा जँचाउन जानेको संख्या बढ्दो छ। काठमाडौं उपत्यकामा बढी प्रभावित पारिरहेको डेंगु मुलुकका सातै प्रदेशका ७७ वटा जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

- Advertisement -
Ad image

२०६१ सालमा पहिलो पटक नेपालमा डेंगुको बिरामी देखिएको थियो। गत साउनदेखि हालसम्म ६ हजार ७ सय ७ जना सम्भावित डेंगुका बिरामी पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। एडिस एजेप्टि र एडिस एल्बोपिक्टस प्रजातिको संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु रोग हुने चिकित्सक बताउँछन्।

कुन प्रदेशमा कति बिरामी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सबैभन्दा बढी बागमती प्रदेशमा डेंगुका बिरामी पाइएका छन्। बागमती प्रदेशमा ५ हजार ६६ र लुम्बिनी प्रदेशमा ९ सय ३३ मा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रदेश १ मा २ सय ५६, सुदूरपश्चिम प्रदेशमा १ सय ६१, गण्डकी प्रदेशमा १ सय २८ र मधेस प्रदेशमा १ सय १९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सबैभन्दा कम कर्णाली प्रदेशमा डेंगु संक्रमित छन्। यस प्रदेशमा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसपछि नेपालमा डेंगुको संक्रमण बर्सेनि देखिन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. सञ्जय ठाकुरले भने, ‘डेंगुले प्रकोपको रूप लिन लागेको छ। सतर्क हुनुपर्ने जरुरी छ।’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार, मुलुकका १ सय ३९ स्थानीय तह, ६० जिल्ला र ७ वटै प्रदेशमा डेंगुको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ। डा. दासले सबै प्रदेश, जिल्ला, स्थानीयतह र स्वास्थ्य संस्थाको माग तथा उपलब्धताको आधारमा डेंगु रोग निदानका लागि परीक्षण किटहरू उपलब्ध गराइएको बताए।

प्रतिक्रिया दिनुहोस्