Ad imageAd image

हिमालय रोडिज सिजन–५ को प्रसारण आजदेखि सुरु हुँदै

खबर खुराक
खबर खुराक १५ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । हिमालय रोडिज सिजन–५  आज देखि प्रसारण हुने भएको छ ।सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो साहसिक रियालिटी शोका प्रायोजकसँग सम्झौता गरिएको छ । साथै शोमा अनुबन्धित ग्याङ लिडर र होस्ट पनि सार्वजनिक गरियो । ‘पावर अफ फाइभ’को थिममा निर्माण भएको यसपटकको रोडिजलाई सुरजसिंह ठकुरीले होस्ट गर्दैछन् ।

प्रियंका कार्की ग्याङ लिडरको रुपमा जोडिएकी छन् । र्‍यापर आशिष राना लाउरे, अभिनेता अनुपविक्रम शाही र अभिनेत्री दीया मास्के ग्याङ लिडरको रुपमा छन् ।

दर्शकले हिमालय टिभी एचडीमा राति ८ बजेदेखि यो साहसिक रियालिटी शोको नयाँ श्रृंखला हेर्न पाउनेछन् ।

 

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्