Ad imageAd image

आँधीबेहरीमा परी रुखले च्यापदा ७ जनाको मृत्यु

खबर खुराक
खबर खुराक १५ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

१५ साउन,काठमाडौ‌ । रुसी गणतन्त्र मारी एलको समुद्र तटमा आँधीबेहरीमा परी तीन बालबालिका र चार जना वयस्कसहित सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । हुरीले ढालेका रुखले किचेर उनीहरूको ज्यान गएको हो ।

मारी एलका नागरिक रक्षा तथा जनसङ्ख्या संरक्षण समितिका प्रमुख अलेक्ज्याण्डर माल्किनका अनुसार आँधीमा परी घाइते भएका २२ जनालाई अस्पताल लगिएको छ ।  शनिबार साँझ ६ बजे उक्त घटना भएको हो ।

घटनास्थल मारी एल र छिमेकी टाटारस्तानका बासिन्दाहरूको लागि लोकप्रिय मनोरञ्जन स्थलल हो । हुरीले धेरै रुखहरू ढाल्दा समुद्र तटमा करिब पाँच सय कार र त्रिपालमा मानिसहरू बसेका थिए । घटनास्थलमा उद्धारकर्ता, प्रहरी र रुसी आपतकालिन मन्त्रालयको हवाई समूह संलग्न छ । मारी एल मस्कोबाट छ सय ५० किलोमिटर पूर्वमा अवस्थित छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्