Ad imageAd image

बालुवाटारमा निर्माण व्यवसायीहरुकाे डोजरसहितको विरोध प्रदर्शन

खबर खुराक
खबर खुराक १६ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

१६ साउन, काठमाडौं ।  निर्माण व्यवसायीहरुले बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन् ।

निर्माण व्यवसायीहरुले आज बिहान विरोध प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शनकारीलाई सडकको एक किनारमा रोकेकाले यातायात आवागमन प्रभावित भने भएन ।

व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्