Ad imageAd image

भारतले गर्‍यो कच्चा तेलमा करको वृद्धि

खबर खुराक
खबर खुराक १६ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

१६ साउन, काठमाडौं । भारतले कच्चा तेल को कर बढाएको छ। आन्तरिक बजारमा उत्पादन हुने कच्चा तेलको उपभोग बढाउन कच्चा तेलमा भारत सरकारले करको दर वृद्धि गरेको जनाएको छ ।

अगष्ट १ देखि कार्यान्वयनमा आउने गरेर प्रतिटन कच्चा तेलमा ४ हजार २५० (५१.६८ डलर) भारु पुर्‍याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। विशेष अतिरिक्त भन्सार शुल्कको रुपमा यस्तो कर लगाइएको हो।

हाल कच्चा तेलमा प्रति टन १६ सय भारु लाग्दै आएको छ। तेल उत्पादक कम्पनीहरूलाई यस्तो कर लगाइएको भए पनि पेट्रोल र हवाई इन्धनमा भने भारतले कुनै परिवर्तन नगरेको सञ्चार माध्यमहरूले जनाएका छन्।

नेपालले पाँच वर्षको लागि इन्धन सम्झौता गरिसकेकोले अहिले नै के हुने भन्न नसकिने नेपाल आयल निगमले उल्लेख गरेको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्