Ad imageAd image

बूढानीलकण्ठमा एक जना महिलाको हत्या

खबर खुराक
खबर खुराक १६ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa
साङकेतिक

१६ साउन, काठमाडौं । धारिलो हतियार प्रहार गरेर सप्तरीकी २८ वर्षीया अनिता चौधरीको हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले हत्यामा संलग्न रहेको आरोपमा बूढानीलकण्ठ बस्ने ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, आइतबार राति चौधरीमाथि धारिलो हतियार प्रहार भएको थियो ।

घटनालगत्तै उनलाई ट्रमा सेन्टर लगिएपनि उपचारका क्रममा मृत्यु भएको थियो । कुटपिटको कारण खलेको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैबीच, ललितपुरमा पनि सामान्य विवादमा भएको झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ वर्षीय ज्ञानबहादुर भनिने हिम परियार छन् ।

- Advertisement -
Ad image

ललितपुर महानगरपालिका–९, बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शंखर तामाङले सामान्य बिवादका कुटपिट गर्दा परियार सोमबार गम्भीर घाइते भएका थिए ।

उद्दार गरेर पाटन अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा मृत्यु भयो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको छ ।

थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्