१७ साउन, गल्याङ । स्याङ्जाको गल्याङमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा चार जना घाइते भकाए छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ नगरपालिका वडा नं. ८ चिउरीमा गए राती दुई मोटरसाइकल ठोकिएका हुन् । वालिङबाट गल्याङ तर्फ जाँदै गरेको म.प्र.०३–०२९ प. २८८३ नं. को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको लु १४ प ५३८७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा परि गल्याङ ११ का ३७ बर्षीय पदम सिंजाली,कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ का २६ बर्षीय सन्देश गुरुङ, वालिङ ९ का २६ बर्षीय बिशाल हिताङ्,पर्साको वीरगन्ज महानगरपालिका २ घण्टाघर घर भई वालिङ बस्दै आएका २० बर्षीय भोला चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।
घाइते चारै जनाको वालिङ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्