Ad imageAd image

बाँच्ने रुँदै हो कति (कविता)

खबर खुराक
खबर खुराक १७ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

हुर्कायौँ कसरी मिलेर सब ती सन्तान आफ्नै तर

माया मोह दियौँ विशाल मनले हुर्केर जान्छन् पर

आमाको मन हो दुःखेछ कसरी यो आँसु बग्दै अति

एक्लै यो घरमा बसेर यसरी बाँच्ने रुँदै हो कति ?

- Advertisement -
Ad image

छाती जल्दछ यो बलेर जहिले सम्झेर सन्तान ती

आमा बाबु यता रहेर घरमा उस्तै छ यो दुर्गति

रित्तो यो मनको तिमी भर भयौ सम्झेर आऊ घर

सन्तान् हौ घरको अमूल्य गहना हाम्रो अरू को छ र ?

हाम्रो भाग्य सधैँ छ यो भुवनमा अग्लो रहेको शिर

भो भो भो अब यो कुरा नगर है कस्तो भयो तक्दिर

हाम्रो भूमि यहाँ छ उर्वर सधैँ बन्दै गयो बन्जर

आफ्नैले यसरी भुलेर रहँदा लाग्नेछ कस्को भर ?

साँच्चै सुन्दर छन् हिमाल चुचुरा हाँसेर उठ्ने यहाँ

धर्ती नै छ यही अतुल्य कति यो जन्मेर हुक्र्यौं जहाँ

आमा हुन् जननी पवित्र मनकी वात्सल्य पोख्ने अति

आफ्नै यो धरती छ स्वर्ग भवमा बुझ्दैन कोही कति ?

हाम्रो जन्म हुँदा यही अवनिमा हामी पछौटे भयौँ

चारैतर्फ अझै लुटेर कतिले उस्तै त पीडा सह्यौँ

हाम्रो सान युवा विदेश रहँदा को आज फर्कन्छ र ?

साँच्चै शून्य छ यो विशाल भवमा सन्तान् बिनाको घर ।

गोरखापत्रअनलाइनबाट ।।

प्रतिक्रिया दिनुहोस्