Ad imageAd image

हरिवंशको नयाँ गीत ‘ए केटा मादलु पड्का’ (भिडियोसहित)

खबर खुराक
खबर खुराक १९ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

१९ साउन, काठमाडौं ।  हास्य अभिनेता हरिवंश आचार्यले नयाँ गीत ‘ए केटा मादलु पड्का’ ल्याएका छन्।

आफ्नै शब्द, संगीत र स्वरमा रमाइलो शैलीको यो गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन्।

यसअघि आचार्यले चार महिनाअघि शान्तिश्रीसँगकै सहकार्यमा ‘काउली’ बोलको लोक लयको गीत ल्याएका थिए।
गीतमा ‘काउली’ कै कलाकार दोहोरिएका छन्।

गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै गायक तथा निर्देशक सरोज ओलीले अभिनय गरेका छन्।

- Advertisement -
Ad image

नवराज उप्रेतीको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडिओ निर्देशन गम्भीर विष्टले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्