Ad imageAd image

देवघाट धामबाट एक तीर्थयात्री बेपत्ता

खबर खुराक
खबर खुराक १९ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

१९ साउन, काठमाडौं । नदीले बगाएर देवघाट धामबाट एक तीर्थयात्री बेपत्ता भएका छन् । तनहुँको देवघाट गाउँपालिका– ५ स्थित वेणी सङ्गम (त्रिशूली नदी र कालीगण्डकी नदीको सङ्गमस्थल) बाट बेपत्ता हुनुभएको हो ।

देवघाट दर्शन गर्न आउनुभएका  दाङ जिल्लाको  तुलसीपुर नगरपालिका – १२ बस्ने वर्ष ३२ का लोकेन्द्र भुसाल बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।

भुसाल शुक्रवार बिहान ७ः १५ बजे बगाई बेपत्ता भएकोमा खोजतलास भइरहेको र हालसम्म फेला नपरेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्