Ad imageAd image

तलबी प्रतिवेदन पास नगर्ने १६९ पालिकाहरूलाई कारबाही गर्न सिफारिस

खबर खुराक
खबर खुराक १९ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

१९ साउन, काठमाडौँ । राष्ट्रिय किताबखानाले स्थायी शिक्षकलाई तलबी प्रतिवेदन पास नगरी तलब खुवाउने पालिकाहरूलाई कारबाही गर्न सिफारिस गरेको छ ।

कितावखानाले तलबी प्रतिवेदन पास नगरी तलब खुवाउने १६९ वटा पालिकाहरूलाई कारबाही गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।

शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम १२६ उपनियम २ मा किताबखानाको काम कर्तव्य र अधिकार अर्न्तगत शिक्षकहरूको वार्षिक तलबी विवरण पारित गर्ने गराउने भनेर उल्लेख गरिएको छ ।

सोही बमोजिम प्रत्येक पालिकाहरूले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूको तलबी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक)बाट पारित गरी तलब भत्ता भुक्तानी गर्नुपर्ने कितावखानाले जनाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्