Ad imageAd image

आमा (कविता)

खबर खुराक
खबर खुराक १९ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

हजारौँ दुःख अनेकौँ कष्ट तिमीले सहेर

दिएन दान मलाई दाता भगवान् बनेर ।

अपार तिम्रो महिमा आमा तिमी नै देउता

संसारमा तिमीबाहेक कोही छैनन् एउटा ।

- Advertisement -
Ad image

रितिन्न माया आमाको जस्तै कष्ट भए नि

बच्चाले गुँड छोडेर टाढा बाहिर गए नि ।

खाइ नखाइ बच्चाको हेर विचार राख्ने

सन्तानको खुसी भए पुग्छ आफ्नो मतलब नराख्ने ।

विभिन्न तिम्रो गुणैले आमा तिमी नै छौ रानी

संसारकी प्यारी तिमी हौ आमा मायाकी हौ खानी ।

पछाडि आफू बसेर बच्चा अगाडि बढोस् भन्ने

सन्तानका लागि भनेर आफ्नो ज्यानको बाजी राख्ने ।

आमाबिना संसार सबै रहेछ अधुरो

तिमीबिना फराकिलो संसार पनि हुन्छ साँघुरो ।।

गोरखापत्रअनलाइनबाट ।।

प्रतिक्रिया दिनुहोस्