Ad imageAd image

चीनको जिलिनमा भीषण वर्षा हुदा एकको मृत्यु, चार जना बेपत्ता

खबर खुराक
खबर खुराक २१ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

२१ साउन, चीन । चीनको उत्तरपूर्वी जिलिन प्रान्तको शुलान सहरमा भारी वर्षाका कारण एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् ।

बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार शुलानमा करिब एक लाख ३४ हजार मानिस वर्षाका कारण प्रभावित भएका छन् भने १४ हजार तीन सयभन्दा बढी विस्थापित भएका छन् ।

शुलानमा मङ्गलबार रातिदेखि लगातार वर्षा भइरहेको छ । दिउँसो ३ बजेसम्म शुक्रबार औसत वर्षा १११.७ मिलिमिटर पुगेको थियो । रासस/

प्रतिक्रिया दिनुहोस्