Ad imageAd image

पहिरोका कारण काठमाडौं-हेटौंडा जोड्ने त्रिभुवन राजपथ अवरुद्ध

खबर खुराक
खबर खुराक २१ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

२१ साउन, मकवानपुर ।  काठमाडौं-हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार बिहान ९:३० बजे  बजेको समयमा त्रिभुवन राजपथ अन्तर्गतको सो स्थानमा पहिरो खस्दा भैसे हुँदै पालुङ, नौबिसे सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

उनका अनुसार गयराती देखि परेको वर्षाका कारण उकत सडक खण्डमा कारण पहिरो खस्दा यातायात सेवासमेत अवरुद्ध बनेको छ । पहिरो हटाइ सडक खुलाउने कार्य भइरहेको उनले बताए । पहिरो खसेको उक्त स्थान प्रहरी चौकी भैसेबाट १३ किलोमिटर पश्चिम उत्तर पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्