२२ साउन, काठमाडौं । सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुले संसदीय समितिको भागबण्डा टुंगो लगाएका छन् ।
संघीय संसदका समितिको भागबण्डा मिलेको छ । नेपाली कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २ र जसपा, एकीकृत समाजवादी, जनमत पार्टीले एक एक समितिको सभापति पाउने गरी भागण्बडा मिलेको हो ।
केही दिनमै सबै समितिले नेतृत्व पाउने भएका छन् ।
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिको नेतृत्व नपाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्