Ad imageAd image

सिद्धबाबा सुरुङमार्ग नजिक पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

खबर खुराक
खबर खुराक २३ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

२३ साउन, बुटवल । सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड (रामापिथेकसपार्क) क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ ।

पहिरो गए राति करिब ५ बजे खसेको हो । अहिले पनि राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । दुईवटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरो ठूलो खसेको हुँदा कतिबेला सुचारु हुन्छ भन्ने यकिन नभएको थापाले बताए । माथिबाट ठूलो ढुंगासहित अझै पहिरो खस्ने खतरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्