Ad imageAd image

पहिरो कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो

खबर खुराक
खबर खुराक २३ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

२३ साउन, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन गराइएको छ । आज बिहानैदेखि पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

इच्छाकामना गाउँपालिका–६, कालीखोलालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको सो कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइनेछ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्