Ad imageAd image

यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते

खबर खुराक
खबर खुराक २३ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

२३ साउन, धरान । कोशी राजमार्ग अन्तर्गत इटहरी-२ तरहरामा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

धरानबाट काकडभिट्टाका हिडेको मे १ ख २७४० नम्बरको बस मंगलबार बिहान ९.३० बजे तरहराको होम्स नजिकै सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएर पल्टिदा बसमै सवार यात्रु घाइते भएकाहुन् । कोशीप्रदेश राजमार्ग सुरक्षातथाट्राफिकव्यवस्थापनकार्यालय इटहरीकाअनुसार घाइते सवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचार भइरहेको  छ ।

बस तीव्र गतिमा रहेको र पानी परेका कारण अनियन्त्रितभएर पल्टिएको जनाइएको छ । बसकाचालक र सहचालक फरार भएकाले खोजतलास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्