Ad imageAd image

जमैकालाई १–० ले पराजित गर्दै कोलम्बिया महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा

खबर खुराक
खबर खुराक २३ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

२३ साउन, काठमाडौं । जमैकालाई १–० ले पराजित गर्दै कोलम्बिया महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मेलबर्नमा कोलम्बियाको कप्तानी गरेकी क्याटालिना उस्मेले ५१ औं मिनेटमा निर्णायक गोल गर्दै क्वार्टरफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का गरेकी हुन् । यी दुईबीचको क्वार्टरफाइनल खेल शनिबार सिड्नीमा हुने छ ।

कोलम्बिया महिला विश्वकपको अन्तिम आठमा पुगेको यो पहिलो पटक हो । खेलको ३२१ मिनेटपछि खाएको एउटा गोलले जमैका भने घर फर्कन बाध्य भयो ।

प्रतिक्रिया दिनुहोस्