Ad imageAd image

धनुषामा बाढीले बगाउँदा एक जनाको मृत्यु, २ जना बेपत्ता

खबर खुराक
खबर खुराक २३ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

२३ साउन, धनुषा । धनुषामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। जिल्लाको मिथिला नगरपालिका–१ आनन्दपुरका १७ वर्षीय अजय यादवको मङ्गलबार ११ बजे बाढीले बगाउँदा मृत्यु भएको हो।

घर नजिकै रहेको बसही खोला तर्ने क्रममा अचानक आएको बाढीले बगाउँदा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिनुभयो।

स्थानीयको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पुर्‍याएको भए पनि गम्भीर अवस्थाका यादवको उपचारको क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।

यसैगरी, धनुषा र सिरहा जिल्लाको सीमा क्षेत्रमा रहेको कमला नदीमा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन्। मङ्गलबार कमला नदीले बगाउँदा दुई जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

- Advertisement -
Ad image

नदीमा बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा दुई बेपत्ता भएको खबर प्राप्त भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले बताउनुभयो। प्रहरीले बेपत्ताको खोजतलास गरिरहेको उहाँले जानकारी दिनुभयो। बेपत्ता दुबै गणेशमान चारनाथ नगरपालिका–७, का ३५ वर्षीय साजन परियार र उहाँकी श्रीमती ३० वर्षीया माया परियार रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्