Ad imageAd image

बैतडीमा छाउगोठमा सुतेकी एक किशोरीको सर्पले टोकेर मृत्यु

खबर खुराक
खबर खुराक २४ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

२४ साउन, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ मा सर्पको डसाइ (टोकाइ) बाट एक किशोरीको मृत्यु भएको छ । सर्पको टोकाइबाट पञ्चेश्वर फ्याउलीकी १६ वर्षीया अनिता चन्दको मृत्यु भएको हो ।

पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टका अनुसार महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको हो । गोठमा सुतेकी अनितालाई मंगलबार मध्यराति सर्पले टोकेको थियो । वडा नम्बर ४ का अध्यक्ष जनकबहादुर चन्दका अनुसार महिनावारी भएको समयमा गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको हो ।

‘महिनावारी भएको चार दिन भएको रहेछ, गाईभैँसीकै गोठमा सुतेकी रहिछन्’,उनले भने, ‘मध्यराति सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले वैद्यलाई बोलउन गएको समयमा उनको घरमै मृत्यु भयो ।’ अनिता जवलपुर मावि सैलोडामा अध्ययनरत रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्