२५ साउन, बुटवल । मधेश प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा १०/१० लाख पठाउने भएको छ ।
प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधवार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
मन्त्री समिमले राहत तथा उद्धार सामग्री खरिद गर्न ८ वटै जिल्ला प्रशासन कार्यालयलाई तत्काल राहत रकम पठाउने निर्णय गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्