Ad imageAd image

गण्डकी प्रदेश सभा बैठक बस्दै

खबर खुराक
खबर खुराक २५ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

२५ साउन, काठमाडौं । गण्डकी प्रदेश सभाको बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्न लागेको हो। गत असार २२ गतदेखि बस्न नसकेको प्रदेश सभा बैठक बस्न लागेको हो।

त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए।

बैठकमा प्रदेशसभाका विषयगत समिति गठनका विषयमा छलफल हुने बताइएको छ। प्रदेशसभाको दोस्रो कार्यकाल शुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुन सकेको छैन।

प्रदेशसभा नियमावलीको प्रावधान अनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्