२६ साउन, काठमाडौं । अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्थाहरूले आगलागीमा परी कम्तिमा एक हजार मानिस अझै बेपत्ता रहेको उल्लेख गरेका छन्
आगलागीपछि हजारौं पर्यटक र स्थानीय मानिसहरूलाई अस्थायी आश्रयमा सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्