Ad imageAd image

काठमाडौं महानगरले दर्ता नभएका टिकट बुकिङ काउन्टरहरू भदौ १ गते देखि हटाउने

खबर खुराक
खबर खुराक २७ श्रावण २०८०, शनिबार
1 Min Read
Aa

२७ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जथाभावीरुपमा सञ्चालनमा आएका र महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाउने भएको छ ।

लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका लागि काटिने टिकट काउन्टर दर्ता गरेर मात्र सञ्चालन गर्नु पर्ने भन्दै हटाउने जनाएको हो ।

महानगरपालिकाले आज एक सूचना  जारी गर्दै काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो ।

सार्वजनिक सवारी साधनले तोकिएको मापदण्ड पुरा गर्नु पर्ने भन्दै महानगरले दर्ता प्रक्रियामा आउन जनाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्