Ad imageAd image

सङ्घीय शिक्षा ऐन लागू गर्न माग गर्दै कैलालीका शिक्षकहरु धर्नामा

खबर खुराक
खबर खुराक २८ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

२८ साउन, कैलाली ।  ट्रेड युनियन अधिकार, उन्नत विद्यालय शिक्षा र शिक्षक कर्मचारी मैत्री सङ्घीय शिक्षा ऐनको माग गर्दै आइतबार शिक्षकहरूले स्थानीय तहमा धर्ना दिएका छन् ।

नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले तय गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत कैलालीको पालिका स्तरमा रहेको नगर शिक्षक महासङ्घको अगुवाइमा नगरपालिका कार्यालयमा धर्ना दिएका हुन् ।

कैलालीको घोडाघोडी नगरपालिकामा बिहान ११ बजे देखिनै नगरपालिकाको कार्यालय अगाडि बसेर शिक्षकहरूले धर्ना दिएका छन् ।

धर्नामा बसेका विभिन्न सङ्गठनमा आबद्ध शिक्षकहरूले अहिले सार्वजनिक भएको विद्यालय शिक्षा ऐनले प्रबन्ध गरेका केही दफाहरू संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेसागत सुरक्षा र स्वाभिमानको विरुद्ध रहेको बताएका छन् ।

- Advertisement -
Ad image

नेपाल शिक्षक महासङ्घ नगर कमिटीको अगुवाइमा भएको धर्ना कार्यक्रममा नेपाल शिक्षक सङ्घ, राहत शिक्षक समिति, नेपाल राष्ट्रिय शिक्षक  सङ्गठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको समेत सहभागिता रहेको जनाइएको छ ।

घोडाघोडी नगर शिक्षक महासङ्घका अध्यक्ष काशीराम जोशीले शिक्षक महासङ्घ राष्ट्रिय समितिले तय गरेको आन्दोलनका कार्यक्रम अनुसार नगरपालिकामा धर्ना कार्यक्रम गरिएको जनाउनुहुँदै साउन ३० गते जिल्ला समन्वय एकाइमा धर्ना ३२ गते प्रदेश सामाजिक विकास मन्त्रालयमा धर्ना कार्यक्रम रहेको जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्