Ad imageAd image

रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु

खबर खुराक
खबर खुराक ३० श्रावण २०८०, मंगलवार
1 Min Read
Aa
३० साउन, रुस । रुसको दक्षिणी क्षेत्र डागेस्तानको एक पेट्रोल पम्पमा विस्फोटपछि भएको आगलागीमा परी कम्तीमा १२ जना मानिसको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
यद्यपि मृतकको सङ्ख्याबारे बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। चिकित्सकलाई उद्धृत गरिएको एक अपुष्ट रुसी विवरणका अनुसार मृत्यु हुनेको सङ्ख्या करिब २५ पुगेको छ र ६० जनाभन्दा बढी घाइते भएका छन्।
अधिकारीहरूका अनुसार मृत्यु हुनेमा केही बालबालिका समेत रहेका छन्। आगोको रापका कारण गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि मस्को लगिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्